मन्त्रिपरिषदकाे बैठक आज बस्दै

काठमाडौँ , माघ २३ ।  मन्त्रिपरिषदकाे बैठक साेमबार बस्ने भएकाे छ ।बैठक साेमबार अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको हाे ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन कायमै राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि मन्त्रिपरिषदकाे बैठक बस्न लागेकाे हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री दाहालसँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

उनीहरूको राजीनामा बुझाए पछि कसलाई के जिम्मेवारी दिने भन्ने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्