राजनीतिक दलका सचेतकसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

काठमाडौं, माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लागि बोलाइएको बैठकमा सबै राजनीतिक दलका सचेतकहरू उपस्थिति छन्।

दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेस लगायतका बारेमा दलको आधिकारिक राय लिन बैठक बोलाइएको जनाइएको छ।

संसदमा सांसदहरूको भूमिका र विधेयकका बारेमा पनि प्रधानमन्त्रीले छलफल गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्