सरकार छाड्दै किन खनिए यसरी रवि लामिछाने मिडियाप्रति ?
काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली मिडियामाथि खनिएका छन्। आइतबार सरकारबाट बाहिरिने पार्टीले निर्णय लिएको जानकारी गराएर नेपाली मिडियाप्रति असन्तुष्टि उनले जनाए।
मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध गरे। विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो छ।
उनले केही पत्रिका र अनलाइनको नाम लिँदै आफूविरुद्ध गलत समाचार लेखिएको खण्डमा घेर्न आउने बताएका छन्। सभापति लामिछानले नेपाली पत्रकारिताले आफ्नो ‘लेबल’ गुमाएको दाबी गरे।
मिडियाहरुले चार वर्षको अगाडीको एजेण्डा उठाएर आफ्नो र पार्टीको उपलब्धीमा अवरोधहरु सिर्जना गरेको आरोप उनले निरन्तर लगाइरहेका थिए।
पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए। उनले भने, ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’। आफूविरुद्ध बारम्बार ठुला ठुला हेडलाइन बनाएर समाचार बनाएको उनको आरोप छ।
मिडियाले नै स्वार्थ बाँझिने कुरा गरेका तर आफूविरुद्ध भने सबै मिडिया खनिएको उनको दाबी छ।सभापति रवि लामिछानेले मिडियालाई यो देशका दुश्मन भन्दै टिप्पणी गरेका छन्।
लामिछानेले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुूाई सुरक्षा खतरा बढ्ने भए पनि आफु नडराउने बताएका छन् ।
पत्रकार सम्मेलन गर्दै आफूले प्रक्रियागत त्रुटी स्वीकार गरे पनि आफूले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफूलाई सुरक्षा थ्रेट बढ्नेमा आफू त्यसमा जानकार रहेको बताएका छन् ।





















प्रतिक्रिया दिनुहोस्