रास्वपाका मन्त्रीले आजै राजीनामा बुझाउने

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पदबाट राजीनामा बुझाउने भएका छन् ।

पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।

सो पार्टीले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे मतभेद देखिएको थियो।

सोही विषयमा छलफल गर्नका लागि शनिबार राति अबेरसम्म बैठक बसेको थियो।

त्यसपछि आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय भएको सभापति रवि लामिछानेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्