सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, सरकारलाई समर्थन कायमै

काठमाडौं , माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ ।

जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए ।

सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान लिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

स्रोतका अनुसार रास्वपालाई गृहमन्त्रालय पनि नदिने सन्देश प्रधानमन्त्री दाहालले दिएसँगै पार्टीले कठोर निर्णय गरेको हो ।

सो पार्टीका सभापति रवि लामिछानेले अब पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्