कांग्रेस पानी बिनाको माछा जस्तो भयो- ओली
काठमाडौं, माघ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य गर्न अपिल गरेका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक अस्थिरताको अन्त्य गरेर अब स्थिरतातर्फ जानुपर्नेमा जोड दिएका छन् ।
संसदमा बोल्दै ओलीले संबिधान जारी भएको सात बर्षमा सात प्रधानमन्त्री बनेको भन्दै अब यो अन्त्य हुनुपर्ने बताए ।
ओलीले हालै सम्पन्न निर्वाचनमा एमालेलाई प्रतिपक्षमा बस्ने जनादेश आएपनि देशलाई अस्थिरता जानबाट रोक्न सरकार निर्माणमा सहभागी भएको बताए ।
ओलीले प्रतिपक्षीको रुपमा कांग्रेसको भूमिकाप्रति आलोचना गरेका छन् । अहिले कांग्रेस पानी बाहिरको माछा जस्तो भएको बताउदै कांग्रेसले सत्ता बाहिर रहेर अल्पकालीन लाभ लिने प्रयासमा लागेको आरोप लगाएका छन् ।
ओलीले राजनीतिक स्थिरताको लागि काम गर्न आग्रह गर्दै अल्पकालको लाभमा नलाग्न कांग्रेसलाई आग्रह गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्