पत्रकार सम्मेलनको घोषणा गरेका रविले किन भेटे प्रधानमन्त्री ?

काठमाडौं , माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

उनले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।प्रधानमन्त्री प्रचण्डसँग बिहान आठ बजे भेट गरेको बालुवाटार स्रोतले जनाएको छ ।

आज रास्वपाको केन्द्रीय समितको निर्णायक बैठक बस्न लागेको छ । बैठकले सरकारमा रहने या बाहिरिने विषयमा निर्णय गर्ने बताइएको छ ।

गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिएको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो।

पार्टीको बैठकपछि स्वयम लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सिधाकुरा नगरेको लामो समय भएको भन्दै आज विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।

गृह मन्त्रालयमा दाबी गरेको रास्वपालाई सत्ता साझेदार दलले अन्य मन्त्रालय दिने तयारी गरेसँगै रास्वपाको आजको बैठकले सरकारबारे ठोस निर्णय गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्