सरकारबारे निर्णय लिन रास्वपाको बैठक आज पनि बस्दै

काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता सम्बन्धी मुद्धामा अदालतबाट दोषी ठहरीएर सांसद र मन्त्री पद विहिन भएपछि अहिले अप्ठेरो परिस्थीतीमा रहेको छ।

पछिल्लो समय आफ्नो भागमा रहेको गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिंदै रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्दैछ।

हिजो राति पनि रास्वपाको बैठक बसेको थियो। तर बैठक अनिणिर्त भएपछि आज पुनः बैठक बस्न लागेको हो।रास्वपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने भन्दै यदि बैठक लम्बिए संसद बैठकमा नगइकन छलफल गरिने बताएका छन्।

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सरकारमा बस्ने कि नबस्ने भनेर आजको बैठकले निर्णय गर्नेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई दिनको अल्टिमेटम दिएको थियो। उक्त अल्टिमेटम हिजो मध्यरातिबाट सकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्