रोजगारीका लागि दुबईहुँदै इथियोपिया पठाउने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार

काठमाडौं, माघ २० । रोजगारीका लागि इथियोपिया पठाइदिने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार गरिएको छ ।

नेपाल र भारतका प्रहरी तथा विभिन्न संघसंस्थाको सहकार्यमा १२ जना महिलाको उद्धार गरेर बिहीबार काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई नेपालका विभिन्न नाकाहुँदै भारतको जयपुरमा लगिएको थियो ।

उनीहरूलाई भिजिट भिसामा दुबईहुँदै इथियोपिया पठाउने भन्दै पुष र माघ महिनामा राजस्थानको जयपुर पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्