नागरिक उन्मुक्तिका सांसद चौधरी कारागार चलान

काठमाडौं, माघ २० । नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ ।

शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

कारागारमै रहेर चौधरीले मुलुकी संहिताको दफा १५५ अनुसार कैद भुक्तान बापतको रकम तिर्न सकिने उपभोगका लागि जिल्ला अदालतमा निदवदन दिन सक्ने छन् ।

ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा १० वर्षअघि नै कैलाली जिल्ला अदालतबाट ६ महिनाका लागि कैद सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरी पक्राउ परेका थिए । कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्