रास्वपाले धैर्यता अपनाउनु पर्छ, मुद्दा सकिएको छैन : कृष्णबहादुर महरा

काठमाडौं , माघ १९ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता अपनाउन पर्ने बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले यस्तो बताएका हुन् । गृह मन्त्रालयका विषयमा रास्वपाले केही समय धैर्यता अपनाउन पर्ने उनले सुझाव दिए ।

उनले भने , ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ । तर यता माओवादी केन्द्रकाअध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिन आनाकानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्