आलोचकलाई रवि लामिछानेको जवाफ : म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो
काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् ।
उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
यति बेला गृह मन्त्रालयबारे विवाद बढिरहेको छ । सोहिक्रममा पनि लामिछानेको आलोचना तथा चर्चा परिचर्चा भइहेको छ ।















प्रतिक्रिया दिनुहोस्