परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै

काठमाडौं , माघ १९ । परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जाँदै छिन् ।

श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलंका जान लागेकी हुन् ।

स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार र शनिबार हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौड्याल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पौड्यालले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

पौड्याल शनिबार २० गते कोलम्बो प्रस्थान गर्ने र २५ गते काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्