राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं, माघ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।
पौडेलले पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी उनले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गरेका छन्।
















प्रतिक्रिया दिनुहोस्