गठबन्धनमा विवादका बीच प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं, माघ १८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सत्ता गठबन्धन दलबीच गृह मन्त्रालय र राष्ट्रपतिको विषयमा विवादका बीच प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

बुधबार बिहान नै प्रधानमन्त्री प्रचण्डसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै अहिले गृह मन्त्रालयको विषयमा विवाद बढेको छ ।

प्रचण्डले गृह मन्त्रालय आफैसँग राख्ने बताएका छन् भएन राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नो पार्टीको भागमा रहेको दाबि गर्दै गएको छ ।

त्यस्तै एमालेले भने लामिछानेलाई गृह मन्त्रालयमा फर्काउनु पर्ने बताउदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई मंगलबार भेटेर रास्वपा सभापति लामिछानेले गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड, ओली र लिङ्देनबीच छलफल भएको हो ।

साथै उनीहरुबीचको भेटवार्तामा राष्ट्रपति पदको उम्मेदवारको विषयमा पनि कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्