अनावश्यक हर्न बजाउने ५२ चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौं, माघ १७ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मंगलबार गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ५२ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ५२ जना चालकहरू आज कारबाहीमा परेका हुन् ।
२०७४ वैशाख १ गते देखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरीएता पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तिव्रता दिदै आएको छ ।
ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले चालकलाई अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्