पत्रकारलाई संसद् भवनमा रोक्नुपर्नै कुनै कारण छैन : सभामुख घिमिरे
काठमाडौं, माघ १६ । सभामुख देवराज घिमिरेले पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छतन् ।
सोमवार संसदीय मामिला पत्रकार समाजमा आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । प
उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचार सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गरे ।
पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने घिमिरेको भनाइ छ ।
सभामुख घिमिरेले समाजलाई सचेत गराउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका कमजोरीलाई अन्त्य गर्नुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्