पाकिस्तानमा बम विस्फोट , २८ जनाको मृत्यु

काठमाडौं , माघ १६ । पाकिस्तानको पेशावरमा रहेको मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ ।

पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिनुभयो । ।

पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ ।

पाकिस्तानी सञ्चार माध्यमले जनाएका अनुसार पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका थियो ।

 

प्रतिक्रिया दिनुहोस्