गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ- बनेपछि थाहा पाउनु हुन्छ

काठमाडौं, माघ १६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गृहमन्त्रीबारे अझै निर्णयमा नपुगिसकेको संकेत गरेका छन्।

सोमबार पेरिस डाँडामा बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकपछि बाहिरिने क्रममा उनले यस्तो संकेत गरेका हुन्।

बैठकबाट बाहिरिँदै गर्दा प्रचण्डलाई पत्रकारहरुको प्रश्न थियो, गृहमन्त्री कसलाई बनाउनु हुन्छ प्रधानमन्त्रीज्यू? यसको जवाफ दिँदै उनले भने, ‘अब बनेपछि थाहा पाउनु होला।’

रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले सम्हालीरहेका छन् ।

रिक्त गृहमन्त्री पदमा कसलाई लैजाने भन्ने विषयमा सत्ता गठबन्धनमा बाक्लो छलफल भइरहेको छ ।तर, अहिलेसम्म कसलाई बनाउने भन्ने सहमति भइसकेको सकेको छैन ।

यता रास्वपाले आफ्नो भागमा परेको गृहमन्त्री आफैले पाउनु पर्ने अडान राखिरहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भइरहेको छ । तर, ठोस सहमति बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्