राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोग

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए । उनका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ ।

यता राष्ट्रपतिको निर्वाचन कहिले हुन्छ भन्नेमा दलका नेताहरु छलफलमा जुटिरहेका छन् । कांग्रेसले पनि आयोगलाई छिटो निर्वाचनको मिति तोक्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्