शहिदहरूकै कारणले मुलुकमा गणतन्त्र आएको हो : प्रधानमन्त्री दाहाल

काठमाडौं , माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहिदहरुको त्याग र बलिदानबाटै सम्भव भएको बताएका छन् ।

सोमबार शहिद दिवसको अवसरमा लैनचौरस्थित शहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शहिदहरुले जीवितहरुलाई निरन्तर प्रेरणा दिइरहने पनि उनले बताए । राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन शहिदहरु प्रेरणाको श्रोत भएको उनको भनाइ छ।

माघ १६ गते शहिदहरुलाई स्मरण गर्नुको अर्थ फगत एउटा औपचारिकता मात्रै नभएको उनको तर्क छ । माघ १६ गते महान शहिदहरुका सपना, राष्ट्रको प्रतिष्ठा र जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन भएको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्