बालेनको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं , माघ १५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । ।

मेयर शाहको निर्देशनमा डोजर चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्