रवि लामिछानेले लिए नेपाली नागरिकता
काठमाडौं , माघ १५ । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता लिएको उनको सचिवालय जनाएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेशबाट अनागरिक भएका निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकता प्रमाणपत्र लिएको पुष्टि गरेको हो ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो।
लामिछाने सर्वोच्चको आदेशपछि नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन काठमाडौं पुगेका थिए।















प्रतिक्रिया दिनुहोस्