पोखरामा दुई जनाले गरे आत्मदाहको प्रयास, गम्भिर अवस्थामा उपचार हुँदै

काठमाडौं, माघ १५ ।  केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को घटना घटेको छ । आइतबार पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ ।

उनीहरुको उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर सुवास तिमिल्सिनाले जानकारी दिएका छन् । काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेर अस्ताल पुर्‍याएका हुन् ।

‘दुवैले शरीरमा आगो लागिरहेको बेला छिमेकीहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ,’ एक प्रत्यक्षदर्शीले भने ।

प्रतिक्रिया दिनुहोस्