नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

काठमाडौं, माघ १५ । नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेका छन्।

शुक्रबार सर्वोच्च अदालतको आदेशपछि अनागरिक बनेका लामिछानेले नागरिकता पुनः लिनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।

स्थानीय प्रशासनसँग समन्वय गरेर लामिछानेले आजै नागरिकता लिने प्रक्रिया अघिब बढाएका हुन्।

लामिछाने केहीबेर अघिमात्र जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ। ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ।

अमेरिकी पासपोर्ट र नागरिकता त्यागेको प्रमाण यसअघि नै अध्यागमन विभागमा बुझाएको दाबी गरे पनि सर्वोच्चले त्यसलाई मान्यता नदिएको हो। उनले नागरिकता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयमै प्रक्रिया पूरा गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्