राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

काठमाडौं, माघ १३ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय हो ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले फागुन २५ देखि २८ गतेभित्र राष्ट्रपति चयनका लागि निर्वाचन हुने बताए ।

राष्ट्रिय सहमति गर्दा नेकपा एमालेलाई धोका दिएको अर्थ नलाग्नेसमेत उनले दाबी गरेका गरे । सत्ता साझेदार दलभित्र राष्ट्रपति एमालेले लिने सहमति भएको दाबी थियो।

स्थायी समिति बैठकमा पार्टी एकतासम्बन्धी प्रतिवेदन उपाध्यक्ष महराले पेश गर्नुभएको छ भने संगठनसम्बन्धी प्रतिवेदन उपमहासचिव जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले पेश गर्नुभएको छ । स्थायी समिति बैठक अब माघ १६ गते बिहान ११ बजे पुनस् बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्