राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
काठमाडौँ , माघ १३ । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव २३ माघमा हुने भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
यसअघिकी उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।
गोलाप्रथाबाट उनले चार वर्षको कार्यकाल पाएकी थिइन् ।















प्रतिक्रिया दिनुहोस्