रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश

काठमाडौं, माघ १३ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।

शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।

संवैधानिक इजलासले यो मुद्दामा आजै फैसला सुनाउँछ कि फैसला सुनाउने दिन तोक्छ भन्ने अहिले स्पष्ट छैन।आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए ।

उक्त विवादको सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्