राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं, माघ १३ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। राष्ट्रिय सभाको १३औँ अधिवेशनको पाँचौँ बैठक आज दिउँसो ३:५९ बाट सुरु हुनेछ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्