राष्ट्रपतिद्वारा वसन्त श्रवण (तस्वीरहरू)
काठमाडौं, माघ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसत्न पञ्चमीका अवसरमा काठमाडाैंकाे हनुमानढाेकामा वसन्त श्रवण गरेकी छन् ।
बिहान १०ः४७ बजेकाे शुभसाइतमा नासल चोकमा राष्ट्रपति भण्डारीलाई वसन्त श्रवण गराइएकाे हाे ।
गणतन्त्रभन्दा पहिले राजाहरूले वसन्त श्रवण गर्ने गरेकाेमा गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षकाे हैसियतमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन चलेकाे हाे ।
वसन्त श्रवणमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुखसहित उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियाे ।
।
प्रतिक्रिया दिनुहोस्