जुम्ला विमानस्थल धावन मार्गमा जमेको हिउँ पञ्छाईदै, जहाज सकेन बस्न

काठमाडौं, माघ १२ ,  जुम्लामा हिमपातले हवाईसेवा वन्द छ। मंगलवारदेखी आएको लगातारको हिम पातले धावन मार्गमा हिउँ जमेपछि जहाँज बस्न सकिरहेका छैनन्। आज विहानै देखी हिउँ रोकिएको छ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार मंगलवार र वुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो।

उनका अनुसार आज भने मौसम राम्रो भएपनि धावन मार्गमा हिउँ जमेकाले जहाँज अवतरण हुन सकिरहेको छैन्।आज मौसम राम्रो भएकाले नेपालगंज देखी जहाज आउन तयारी अवस्थामा छन् तर धाममार्ग खुलाईर्दै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताए।धावन मार्गमा हिउँ जमेपछि विहानै देखी नेपालीसेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम शुरु गरेको छ।

नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहार्नै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन्। अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि पुगेकी छिन्।तिन दिन देखी हिउँपरेर नेपालगंजमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा छन्।

काठमाण्डौ देखी जुम्ला आउन लागेका यात्रु नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले नेपालगंज विमानस्थलमा तिन दिन देखी जुम्लाको टिकट भएपनि हिउँपरेर आउन नसकिएको बताइन्। दिलमाया शाही सँगै करिब ४ वटा जहाँजका यात्रुहरु अहिले नेपालगंजमा जुम्ला आउन कुरिरहेका छन्।

यसका साथै कर्णाली राजमार्गको राचुलीमा पहिरो गई गाडि भासिदा राजमार्ग बन्द भएपछि जहाँजबाट आउने जाने यात्रु बढेका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार आज ४ वटा उडान हुने तयारीछ तर धावन मार्ग खुलाउदै छौ। नेपाली सेनाका अनुसार अहिले १२ बजे सम्म धावन मार्ग खुलाउने प्रयास गरिएको छ। गणपति थापाका अनुसार हिउँ कम भएपनि जमेर कठिन भएकाले जहाँज चिप्लने डरले विहान ७ बजेबाट खुलाउन शुरु गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्