गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गर्ने आचार्यका परिवारलाई

काठमाडौं, माघ ११ ।उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले स्वर्गीय प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन्।

उनले कीर्तिपुरस्थित वर्न अस्पतालमा पुगेर मृतकका परिवारलाई भेटेका हुन्। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदहको प्रयास गरेका उनको उपचारका क्रममा निधन भएको थियो।

गृहमन्त्री लामिछानेले उपचारका क्रममा निधन भएका प्रेमप्रसादको शवलाई अस्पतालको शवगृहमा पुगेर श्रद्धाञ्जली दिएका छन्। त्यसपछि गृहमन्त्रीले मृतकका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्