माइतीघरमा प्रदर्शन : देशमै केहि गर्छु भन्नु अपराध हो सरकार ?

काठमाडौं , माघ ११ । काठमाडौंको बानेश्वरमा मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सरकारका कारण आचार्यले आत्मदाह गर्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, देशमै केही गर्छु भन्नु अपराध हो सरकार, यो आत्महत्या होइन, हत्या होलगायत देखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यता आचार्यको शव आफन्तले जिम्मा लिएका छन्।सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेपछि आफन्तले शव जिम्मा लिएका हुन्।

सरकारले सम्बोधन नगरेको भन्दै आफन्तले बिहानैदेखि शव बुझ्न मानेका थिएनन्।

लगत्तै दिउँसो गृहमन्त्री लामिछाने आफैं पुगेका थिए।अहिले शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।

प्रतिक्रिया दिनुहोस्