प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन

काठमाडौं, ९ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्