प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं, माघ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपवमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन्।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्।

सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनाव लड्न खाजेका उनलाई अन्तिम समयमा टिकट नदिएर लेखनाथ दाहाल ‘राजन’लाई दिइएको थियो।

गजुरेल माओवादी पार्टीका पुराना नेता हुन्। उनले आफूलाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त गरेको जानकारी बालुवाटारले दिएको   बताए।

प्रतिक्रिया दिनुहोस्