राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, माघ ९ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अघिल्लो प्रधानमन्त्रीत्वकालमा समेत श्रेष्ठलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

प्रधानमन्त्री दाहाले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा श्रेष्ठलाई पद तथा गापनीयताको सपथ ग्रहण गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्