आज सुनको मूल्य यो वर्षकै उच्च

काठमाडौं, माघ ९ ।  नेपाली बजारमा सोमबार सुनकाे मूल्य यस वर्षकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हाे ।

त्यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ५ हजार रूपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

गत वर्ष फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च आजकै मूल्य विन्दुमा पुगेको थियो । साेमबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर १ हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आइतबार स्थिर रहँदै १ हजार ३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्