सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
काठमाडौं , माघ ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेको मुद्दा आज पेशीमा चढेको छ। मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेशी तोकिएको छ।
इजलासको अन्तिममा पेशी तोकिएकाले सुनुवाइको सम्भावना भने कम छ। उक्त इजलासमा आजका लागि ७ वटा मुद्दा तोकिएको छ। सन्दीपविरुद्धको मुद्दा छैठौं स्थानमा पेशीमा छ। त्यसअघि आर्थिक अपराधसम्बन्धि मुद्दाहरु पेशीमा छन्। यी मुद्दाको सुनुवाइ सकिएपछि मात्रै सन्दीपको मुद्दाको पालो आउने छ।
जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए। सन्दीपलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्