उपसभामुख रानाले ५ बजे शपथ लिने

काठमाडौं , माघ ९ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ शपथ कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ गराउने छिन्। उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ हुन्।

प्रतिक्रिया दिनुहोस्