यू–१९ विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं , माघ ९ । नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा हुने आइसिसी विश्वकप यू–१९ छनोट खेल्ने अन्तिम १४ सदस्य नेपाली टोलीको घोषणा सार्वजनिक गरेको छ।
क्यानले घोषणा गरेको टोलीमा ८ खेलाडी पहिलो पटक यू–१९ नेपाली टोलीमा परेका छन्। अन्तिम १४ सदस्य टोली घोषणा गरेपनि कप्तान भने टुङ्गो लगाउन सकेको छैन। सिनियर टोलीबाट खेलि सकेका देव खनाल, गुलशन झासँगै युवा ब्याटर अर्जुन कुमाल, स्पिनर दीपेश कँडेल, विशाल विक्रम केसी र दुर्गेश गुप्ताले यसअघि नेपाली यू१९ टोलीबाट खेलेका खेलाडी हुन्।
अन्य सबै खेलाडी नेपाली यू१९ टोलीमा पहिलो पटक परेका हुन्। क्यानले २८ जनाबाट १८ जना हुँदै १४ जनाको नाम सार्वजनिक गरेको हो। प्रतियोगिता फेब्रुअरी अन्तिममा युएईमा हुनेछ। प्रतियोगितामा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछन्। नेपाल र युएई प्रमुख दाबेदार मानिन्छन्।छनोट प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भइसकेको छैन।
नेपाली टोलीः देव खलान, गुल्सन झा, दुर्गेश गुप्त, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर ,दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा, दीपक डुम्रे
वैकल्पिक खेलाडीः प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव, निर्मल थापा
प्रतिक्रिया दिनुहोस्