केन्द्रिय संसदको चुनावपछिको नतिजा नआएसम्मका लागि नेपालको सबैभन्दो ठूलो दल नेकपा एमाले

काठमाडौं । केन्द्रिय संसदको चुनावपछिको नतिजा नआएसम्मका लागि नेपालको सबैभन्दो ठूलो दल नेकपा एमाले बनेको छ ।

संविधानसभाको दोस्रो चुनावमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेर पहिलो ठूलो दल बनेको नेपाली कांग्रेस अहिले दोस्रो ठूलो दलमा झरेको छ । शनिवार संसदको मिति सकिएर संसद विघटन भएपछि स्थानीय चुनावको नतिजाको आधारमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको हो ।
आगामी मंसिर १० र २१ गते हुने केन्द्रिय संसद र प्रदेशसभाको चुनावका लागि आज समानुपातिक तर्फको उम्मेदवारको मनोनयन गर्नुपर्ने भएकाले शनिवार नै संसदको समयावधि औपचारिक रुपमा सकिएको हो ।

संसद बिघटन भइसकेपछि दलहरुको आकार निर्धारण हालका लागि स्थानीय चुनावको नतिजाको आधारमा भएको हो हो ।

 

प्रतिक्रिया दिनुहोस्