उपसभामुखमा रास्वपाकी रानामगरले दिइन् उम्मेदवारी

काठमाडौं, माघ ६ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराएकी छिन् ।

रास्वपाकी समानुपातिक सांसद रानामगरले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दिएकी हुन् ।

रानामगरको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम र समर्थकहरूमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्