संसद्लाई प्रभावकारी ढंगबाट अघि बढाउन सबै पक्षको सहयोग चाहिन्छ : सभामुख घिमिरे

काठमाडौं, माघ ६ ।  सभामुख देवराज घिमिरेले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउन सबै पक्षको सहयोग आवश्यक हुने बताएका छन् ।सिंहदरबारमा कार्यभार सम्हाल्दै घिमिरेले यस्तो बताएका हुन् ।

उनले भने, ‘नयाँ संविधान बनेपछि संस्थाको एक पटक अभ्यास गरिसक्यौं । यसलाई अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने छ र त्यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु, प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने कुरा विश्वस्त छु, यसमा सबै पक्षको सहयोग हुन्छ भन्ने अपेक्षा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्