सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा, को कहाँ ? (सूची)
काठमाडौं, माघ ६ । सशस्त्र प्रहरी बल नेपालका ९७ प्रहरी उपरीक्षकको सरुवा भएको छ । बिहीबार राति निकालिएको सूचीअनुसार संगठनमै पहिलो पटक पूर्ण पूर्वानुमान सूचीमा आधारित सरुवा गरिएको प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताएका छन् ।
एक पटक पनि कमाण्डको जिम्मेवारी नपाएका एसपीले कमाण्डको जिम्मेवारीमा प्राथमिकता पाएका छन् । रिजर्भ गण र तालिम शिक्षालयहरुमा कमाण्ड गरिसकेका सशस्त्र प्रहरी उपरीक्षकहरु दोस्रो प्राथमिकतामा र विगतमा मुख्य गणमा कमाण्ड गरिसकेका एसपीलाई तेस्रो प्राथमिकतामा राखिएको मुख्यालय सचिवालयले जनाएको छ ।
एक पटक मात्रै कमाण्ड गरी हाल कमाण्डमै रहेका एसपी आफ्नो कमाण्ड अवधि पूरा नभएसम्म कमाण्डमा निरन्तर रहनेछन्। यस्तै संगठनका विभिन्न अन्य महत्वपूर्ण जिम्मेवारीमा रहेका तथा विदेशमा रहेकाहरुलाई आगामी सरुवामा प्राथमिकता दिइने छ ।
हेर्नुस् सूची:
प्रतिक्रिया दिनुहोस्