त्रिभुवन विमानस्थलमा उडान/अवतरण प्रभावित, जहाजहरू डाइभर्ट, केही आकाशमा फन्को मार्दै
काठमाडौँ , माघ ६ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण हुन नसकेपछि भारतीय एयरलाइन्सका दुई जहाज नेपाली आकाशमा फन्को मार्दैछन् । विमानस्थलमा अवतरणका लागि आवश्यक भिजिलिबिटी कम ती जहाज आकाशौ फन्को मारिरहेका हुन् ।
बिमानस्थलकाअनुसार अहिले कम भिजिबिलिटीका कारण भारतको दिल्लीबाट आएको एयर इन्डिया र मुम्बईबाट आएको भिस्तार एयरलाइन्लका जहाज अवतरणका लागि कुरिरहेका छन् । अझै केही समय भिटिबिलिटी सहज नभए विमान भारततर्फ नै डाइभर्ट गरिनेछ ।
यसअघि मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौँमा अवतरण गर्न नसकी फर्किएको छ । नेपाल एयरलाइन्सको आरए(४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरिएको हो ।
यस्तै बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापामा अवतरण गरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९स्६ मा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ । बिहान बाहिरबाट आएका जहाज अवतरणमा समस्या भएको हो । अहिले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्