नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापामा अवतरण
काठमाडौं, माघ ६ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमानले झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ।
आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ।
विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटरमात्रै रहेकाले विमान डाइभर्ट गरिएको बताइएको छ।
मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयको भनाइ छ।
भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस्