सत्ता गठबन्धनबाट उपसभामुखमा रास्वपाकी गौतमले उम्मेदवारी दिने

काठमाडौं, माघ ५ ।  सत्ता गठबन्धनबाट उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले उम्मेदवारी दिने भएकी छिन्।

उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुँदै छ। उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ।

गौतम गत मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौँ २ बाट निर्वाचित भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्