निष्पक्ष र तटस्थ भएर कार्यसम्पादन गर्नेछु : नवनिर्वाचित सभामुख घिमिरे

काठमाडौं , माघ ५ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भएर कार्यसम्पादनमा लाग्ने बताए । उनले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।

कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन् । अब ७ माघमा उपसभामुख चयन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्