प्रतिनिधि सभा सभामुख पदका लागि निर्वाचन शुरु

काठमाडौं, माघ ५ ।  प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो ।

सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिष्पर्धामा छन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका छन् ।

२७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १३८ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्