संसद्को रोष्टमबाटै कांग्रेसले माग्यो राष्ट्रपति र सभामुख, एमालेले पाउँदा दुर्घटना हुने दाबी
काठमाडौं, माघ ५ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा उभिएको बताए।
उनले भने, ‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ। त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ।’
उनले शीतल निवासतिरको लक्ष्य भन्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर नझस्किन आग्रह गरे।
विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्ने प्रयास भएको बताएका छन्।
बिहीबार कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मत माग्दै शर्माले सो कुरा बताएका हुन्।















प्रतिक्रिया दिनुहोस्